25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

सविध्या न्युज पोर्टल आज बाट सुरू

समाचार र पत्रकारिता समाजको दर्पण मात्र होइन, चेतना र परिवर्तनको सबल माध्यम पनि हो। सत्य, तथ्य र जनहितलाई मूल आधार मानेर अघि बढ्ने पत्रकारिताले समाजलाई सही दिशामा डोर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यिनै सकारात्मक मूल्य र आदर्शलाई आत्मसात् गर्दै सरस्वती पूजाको पावन अवसर पारेर सविध्या अनलाइन न्युज पोर्टलको विधिवत् उद्घाटन भएको घोषणा गर्नु हामी सबैका लागि गर्वको विषय हो।

शिक्षाको क्षेत्रमा भएका सुधार, नवप्रयोग, मेहनती शिक्षक, जिज्ञासु विद्यार्थी र सचेत अभिभावकका कथा सार्वजनिक हुँदा समग्र शिक्षा प्रणाली सबल बन्दै जान्छ। डिजिटल युगमा अनलाइन पत्रकारिताले सूचना प्रविधिको सदुपयोग गर्दै शिक्षामूलक, अनुसन्धानमुखी र समाधान केन्द्रित सामग्री प्रकाशन गर्नु सकारात्मक पत्रकारिताको उदाहरण हो।

सविध्या अनलाइन न्युज पोर्टलले यिनै उज्याला पक्षलाई आत्मसात् गर्दै समाचारलाई जिम्मेवारीका साथ प्रस्तुत गर्ने प्रतिबद्धता लिएको छ। सत्य, शिष्टता, सकारात्मकता र जनहितलाई केन्द्रमा राखेर अघि बढ्ने पत्रकारिता नै समाजका लागि सबैभन्दा ठूलो सेवा हो।

सरस्वती देवीको आशीर्वादसहित ज्ञान र विवेकको मार्गमा निरन्तर फस्टाउँदै जानेछ भन्ने विश्वास र कामना सहित यस अनलाइन निउज पोर्टल विधिवत् उद्घाटन भएको जानकारी सम्पुर्ण महानुभावहरूमा गराउछौं।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार