काठमाडौँ, २९ चैत : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु २०० र चाँदी रु १५ ले बढेको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९७ हजार १०० कायम भएको छ। गत शुक्रबार यसको मूल्य प्रतितोला रु २ लाख ९६ हजार ९०० थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर रु ४ हजार ९७५ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला रु ४ हजार ९६० मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा केही सुधार देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस करिब ५१५० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९० डलर आसपासमा कारोबार भइरहेको छ।



