मोरङ र आसपासका जिल्लामा ‘बर्ड फ्लु’ पुष्टि: पन्छीजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध

0
17

विराटनगर, चैत १२ गते ।
मोरङ जिल्लाका विभिन्न स्थानमा पालिएका कुखुरामा बर्ड फ्लु (Avian Influenza-H5N1) रोग देखिएपछि प्रशासनले उच्च सतर्कता अपनाउन र पन्छीजन्य पदार्थको ओसारपसारमा कडाइ गर्न सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार सुन्दरहरैंचा नगरपालिका वडा नं. ४, उर्लाबारी नगरपालिका वडा नं. ४, कटहरी गाउँपालिका वडा नं. ६ र विराटनगर महानगरपालिका वडा नं. ४ का व्यावसायिक फार्महरूमा बर्ड फ्लु पुष्टि भएको हो।

सूचनाका मुख्य बुँदाहरू:

  • संकटग्रस्त क्षेत्र घोषणा: रोग देखिएका फार्महरूबाट चारै दिशामा ५०० मिटर सम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र तोकी नियन्त्रणका कार्यहरू अघि बढाइएको छ।
  • ओसारपसारमा रोक: संक्रमण थप फैलिन नदिन मोरङ, सुनसरी र झापा जिल्लाका साथै योसँग सीमा जोडिएका इलाम, धनकुटा, पाँचथर, उदयपुर र सप्तरी जिल्लाहरूमा आगामी दुई हप्तासम्मका लागि पंक्षी, पन्छीजन्य पदार्थ (अण्डा र मासु) तथा कुखुराको सुली ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
  • मानवीय जोखिम: यो रोग चराचुरुङ्गीबाट मानिसमा समेत सर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन स्वास्थ्य तथा पशु सेवा विभागले अनुरोध गरेको छ।
  • सहयोगको अपिल: बर्ड फ्लु नियन्त्रणका लागि जिल्लाबासी, कृषक, व्यवसायी र उपभोक्ताहरूलाई प्रशासनले आवश्यक सहयोग र समन्वयका लागि आह्वान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here