25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

पूर्वाञ्चल विश्वविद्यालयले अन्तरराष्ट्रिय सम्मेलन गर्ने

मोरङ।। माघ १२।।पूर्वाञ्चल विश्वविद्यालयले दुई दिने अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा यही माघ २९ गते देखि फागनु १ गतेसम्म अन्तरराष्ट्रिय सम्मेलन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिकालगायत १२ देशका प्राज्ञ, नीतिनिर्माता, अनुसन्धनकर्ता तथा विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

सम्मेलनका संयोजक एवं विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डिन प्रा.डा भोलानाथ शर्मा घिमिरेका अनुसार १५० सहभागीले आफ्नो अध्ययन अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत गरिएका विषयमा छलफल हुने उहाले बताउनुभएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार