25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

नगर स्तरीय बाल सञ्जालको आयोजनामा सूर्योदयमा उद्घोषण तालिम सम्पन्न

ईलाम।। १६ माघ।। सूर्योदय नगरपालिका नगरस्तरीय बाल सञ्जालको आयोजनामा तथा सूर्योदय नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहआयोजनामा माघ १३ गतेदेखि माघ १५ गतेसम्म तीनदिने उद्घोषणा तालिम सम्पन्न भएको छ।

तालिम कार्यक्रम सूर्योदय नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत तारा शेर्पाको अध्यक्षतामा तथा नगरप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सूर्योदय नगरपालिकाका १४ वटै वडाबाट गठन भएका वडा स्तरीय बाल सञ्जाल तथा नगरस्तरीय बाल सञ्जालका पदाधिकारीहरू गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो।

बालबालिकाहरूको बोल्ने कला, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

बालमैत्री स्थानीय शासनलाई दिगो बनाउने लक्ष्यसहित सूर्योदय नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र नगरस्तरीय बाल सञ्जालको समन्वयमा बालबालिकासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन्।

तालिममा मानव अधिकार मञ्च इलामका प्रशिक्षकहरू रुद्र थेबे र सुरेश पोतेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागिताको तर्फबाट नगर बाल सञ्जालका निवर्तमान अध्यक्ष निराज चाम्लिङ राईले यस्ता तालिमले बालबालिकाको क्षमता अभिवृद्धि हुनुका साथै आत्मविश्वास वृद्धि हुने भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी प्रशिक्षकको तर्फबाट रुद्र थेबेले कार्यक्रम अत्यन्तै प्रभावकारी र सफल भएको उल्लेख गर्दै सक्रिय सहभागिता जनाउने सदस्यहरू तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा सूर्योदय नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पा, १४ वटै वडाका बाल क्लबका सदस्यहरू तथा नगर बाल सञ्जालका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार