20.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

सुनसरीमा प्रहरीको सक्रियता: जबरजस्ती करणी र वन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

इनरुवा, २७ चैत । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले धरान र इटहरीबाट छुट्टाछुट्टै अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जबर्जस्ती करणी मुद्दाका प्रतिवादी धरानबाट पक्राउ
प्रहरीले ११ वर्ष कैद सजाय सुनाइएका धरान उप-महानगरपालिका वडा नं. ०८ का ३७ वर्षीय सानु राई (विश्वजित चाम्लिङ) लाई पक्राउ गरेको छ। उनलाई सुनसरी जिल्ला अदालतले २०७३ साल भदौ १६ गते जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई घरैबाट नियन्त्रणमा लिएको हो।

वन मुद्दाका फरार प्रतिवादी इटहरीबाट समातिए
त्यसैगरी, वन सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका इटहरी उप-महानगरपालिका वडा नं. १३ का ५६ वर्षीय अब्दुल मिया पनि पक्राउ परेका छन्। उनलाई सुनसरी जिल्ला अदालतले २०७२ साल जेठ २५ गते १७ दिन कैद सजायको फैसला सुनाएको थियो। प्रहरी चौकी खनारको टोलीले आज बिहान ९:३० बजे उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सुनसरी जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार