20.1 C
Kathmandu
Monday, June 1, 2026
spot_img

त्रिविद्वारा ३ वर्षे बीबीएस तेस्रो वर्ष (मौका परीक्षा) को परीक्षाफल प्रकाशित

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातक तह ३ वर्षे व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशन गरिएको छ। कार्यालयले २०८२ साल माघ र फागुन महिनामा सञ्चालित ३ वर्षे बीबीएस तेस्रो वर्ष (3-Year BBS 3rd Year) २०८१ सालको मौका परीक्षाको परीक्षाफल आज (जेठ ७ गते) प्रकाशित गरेको हो।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार उक्त परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसरी हेर्नुहोस् नतिजा:

परीक्षार्थीहरूले आफ्नो परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक रिजल्ट पोर्टलहरू मार्फत अनलाइन हेर्न सक्नेछन्:

  • www.result.exam.tu.edu.np
  • www.result.tuexam.edu.np

क्याम्पसहरूका लागि सूचना:

त्रिविले सम्बन्धित क्याम्पसहरूलाई लब्धाङ्कपत्र (Marksheet) वितरणका लागि विशेष निर्देशन दिएको छ। क्याम्पसहरूले आ-आफ्नो TU-EMIS Portal मा लगइन गरी Result Menu भित्र रहेको Marksheet Option बाट मार्कसिट प्रिन्ट गरेर विद्यार्थीहरूलाई वितरण गर्नुपर्नेछ।

कार्यालयका अनुसार परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखिएको भए तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा कार्यालयको अभिलेखबाट सच्याइने ब्यहोरा समेत अवगत गराइएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार