25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

चोरी मुद्दाका फरार प्रतिवादी अभिषेक जैसवाल मोरङबाट पक्राउ

विराटनगर, २९ चैत । चोरी मुद्दामा सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने ‘छोटु’ भनिने अभिषेक जैसवाल (अभिषेक जसवाल) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जैसवाललाई विराटनगर महानगरपालिका वडा नं. ८ स्थित हाटखोलाबाट नियन्त्रणमा लिइएको हो ।

को हुन् जैसवाल ?
जैसवाललाई चोरी मुद्दामा सम्मानित जिल्ला अदालत सुनसरी, इनरुवाले ५ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको उक्त फैसलापछि कैद भुक्तान गरिरहेकै अवस्थामा उनी २०८२ भदौ २४ गते भएको ‘जेल-जी’ आन्दोलनको क्रममा फरार भएका थिए ।

कारागार चलान
पक्राउ परेका जैसवाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँग आवश्यक समन्वय गरी बाँकी रहेको कैद सजाय भुक्तानका लागि सुनसरी कारागार कार्यालय झुम्का पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार