चन्द्रगढी महिला गोल्डकप: आयोजकलाई हराउँदै पुलिस क्वाटरफाइनलमा

भद्रपुर (झापा) । झापाको मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले सानदार सुरुवात गरेको छ। शनिबार भएको खेलमा आयोजक चन्द्रगढी युवा क्लबलाई ६–० को भारी गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो।

उपाधि दाबेदार मानिएको पुलिसले निर्धारित ८० मिनेटको खेल अवधिभर आयोजक टोलीलाई दबाबमा राखेको थियो। पुलिसको जितमा उत्कृष्ट प्रदर्शन गरेकी रेखा पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

अब क्वाटरफाइनलमा पुलिसले भारतको लक्ष्मीबाई स्पोट्र्स एकेडेमीको सामना गर्नेछ। आयोजकका अनुसार मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबबीच हुनेछ।

चन्द्रगढी युवा क्लबको आयोजनामा जारी यस प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार