बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

सिन्धुली, २४ वैशाख । विगत केही समयदेखि अवरुद्ध रहेको बीपी राजमार्ग बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । बाढीले बगाएको सडकको डाइभर्सन मर्मत गरिएसँगै यातायातका साधनहरू गुड्न थालेका हुन् ।

बिहान ८:३० बजेको अपडेट अनुसार, मर्मत कार्य सम्पन्न भएपछि राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । सडक खुलेसँगै अलपत्र परेका यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका छन् ।

प्रहरीले बाटो सुचारु भए पनि यात्रा गर्दा सावधानी अपनाउन विशेष आग्रह गरेको छ । लेन अनुशासन कायम राख्न र ट्राफिक नियमहरूको पूर्ण पालना गर्न चालकहरूलाई सूचित गरिएको छ । साथै, सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले दिएको निर्देशन अनिवार्य पालना गर्न समेत अनुरोध गरिएको छ ।

सडकको अवस्था र यात्राका बारेमा थप स्पष्ट जानकारी आवश्यक परेमा नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार