अब स्थानीय तहले पनि कम्पनी खोल्न र सेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू

काठमाडौँ, २६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले देशभरका स्थानीय तहहरूलाई आफ्नै कम्पनी दर्ता गर्न र अन्य कम्पनीको सेयर खरिद गरी स्वामित्व ग्रहण गर्न पाउने गरी बाटो खुला गरिदिएको छ।

कार्यालयले मिति २०८३ वैशाख २५ गते एक सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहहरूले प्रचलित कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता गर्न र सेयर लगानी गर्न सक्ने व्यवस्था स्पष्ट गरेको हो।

किन गरियो यस्तो निर्णय?

विशेषगरी सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी संस्थापना र लगानीका लागि विभिन्न स्थानीय तहबाट अनुरोध भएपछि कार्यालयले यस्तो निर्णय लिएको हो। यसअघि स्थानीय तहहरूले यसरी व्यावसायिक कम्पनीमा सिधै लगानी गर्ने सम्बन्धमा स्पष्ट कानुनी प्रावधानको अभाव थियो।

पालना गर्नुपर्ने अनिवार्य सर्तहरू:

सूचना अनुसार स्थानीय तहले कम्पनी दर्ता वा सेयर खरिद गर्नुअघि देहायका सर्तहरू पुरा गर्नुपर्नेछ:
१. स्थानीय तहले यस सम्बन्धमा अनिवार्य रूपमा आफ्नो छुट्टै कानुन बनाई औपचारिक निर्णय गर्नुपर्नेछ।
२. कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित सम्बन्धित कानुनहरूको पूर्ण पालना गर्नुपर्नेछ।

यो निर्णयसँगै अब स्थानीय तहहरूलाई आफ्ना स्रोत र साधनको परिचालन गरी व्यावसायिक रूपमा आय आर्जन गर्ने र विकास निर्माणमा साझेदारी गर्ने नयाँ अवसर प्राप्त भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार