रसुवामा दुईदिने “अभ्यास मनसुन” सम्पन्न: तीनवटै सुरक्षा निकायद्वारा संयुक्त उद्धार अभ्यास

रसुवा, जेठ १२ । मनसुनजन्य विपद (बाढी, पहिरो तथा डुवान) को पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि रसुवामा दुईदिने संयुक्त विपद उद्धार अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ।

जिल्लाको स्याफ्रुवेशी र पार्च्याङमा जेठ ११ र १२ गते “अभ्यास मनसुन” सञ्चालन गरिएको हो। विपदको घडीमा छिटो, छरितो र प्रभावकारी रूपमा उद्धार कार्य सम्पादन गर्ने उद्देश्यले यो विशेष अभ्यास आयोजना गरिएको हो।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त सहकार्य रहेको थियो। साथै, जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सरोकारवाला निकायहरूको समेत उपस्थिति रहेको थियो। मनसुन सुरु हुनु अगावै गरिएको यस किसिमको अभ्यासले प्राकृतिक प्रकोपको समयमा हुने जनधनको क्षति कम गर्न र सुरक्षा निकायहरूबीच आपसी समन्वय बढाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार