बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृह मन्त्रालयका अनुसार उनले असोज २७ गते हुने बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकमा सुरक्षा सहकार्यसम्बन्धी विभिन्न दस्तावेज पारित गर्ने र घोषणापत्र जारी गर्ने कार्यसूचीसमेत रहेको मन्त्रालयले जनाएको छ। नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम घटाउने, पूर्वसूचना प्रणाली बलियो बनाउने तथा उद्धार र राहतमा क्षेत्रीय सहकार्य बढाउने विषयलाई प्राथमिकता दिनेछ।

गृहमन्त्रीका रूपमा गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण भएको मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले अन्य सदस्य राष्ट्रका समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी असोज २८ गते स्वदेश फर्कने तालिका रहेको छ।

बिमस्टेक सदस्य राष्ट्रबीच सुरक्षा सहकार्य बलियो हुँदा मानव बेचबिखन, लागुऔषध तस्करी, साइबर अपराध र सीमापारका अन्य सुरक्षा चुनौतीसँग संयुक्त रूपमा जुध्न सहयोग पुग्न सक्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार