१६ दिनपछि सञ्चालनमा आयो मालढुङ्गा पुल, पर्वत–बागलुङ आवागमन सहज

कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि बन्द रहेको पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। पुलको पहुँच सडक मर्मत गरिएपछि मध्यपहाडी लोकमार्गअन्तर्गतको यो खण्डमा सवारी आवागमन पुनः सुरु भएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिएका छन्।

गत असोज ११ गते बाढीले पुलको पहुँच सडक बगाएपछि १६ दिनसम्म यातायात अवरुद्ध भएको थियो। पुल बन्द हुँदा धवलागिरि क्षेत्रका विभिन्न जिल्लामा आवतजावत प्रभावित हुनुका साथै यात्रुहरू महँगो भाडा तिरेर वैकल्पिक घुमाउरो सडक प्रयोग गर्न बाध्य भएका थिए।

सडक अवरुद्ध हुँदा सामान ढुवानीमा समेत समस्या परेको थियो। बागलुङ हुँदै पश्चिमतर्फ जाने सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो। केही यात्रुले पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोरको बाटो प्रयोग गरेका थिए भने अन्यले म्याग्दीको बेनी र रत्नेचौर हुँदै यात्रा गरेका थिए।

मालढुङ्गानजिकैको खनियाघाट झोलुङ्गे पुलबाट पैदल आवतजावत गरेर अर्को सवारीसाधन चढ्नुपर्ने अवस्था पनि रहेको थियो। मालढुङ्गा पुल पुनः सञ्चालनमा आएसँगै यात्रु तथा सामान ढुवानीमा परेको अवरोध कम हुने अपेक्षा गरिएको छ।

मालढुङ्गा पुल सञ्चालनमा आएपछि पर्वत र बागलुङबीचको यातायात पुनः सहज हुने र वैकल्पिक मार्गका कारण यात्रुले भोग्दै आएको अतिरिक्त समय तथा खर्च घट्न सक्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार