झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ४:१० बजे भएको आगलागीमा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको थियो।
आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रहरीले क्यान्टिनतर्फ करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। नजिकै रहेको मार्बल तथा टायल्सको गोदाममा समेत क्षति पुगेको छ। आगो निभाउने क्रममा पानीले भिजेका सिमेन्टबाट करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।



