23.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

आजको मौसम: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १६ चैत | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यसका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिलेको अवस्था:
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान:

  • वर्षा र हिमपात: कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा समेत मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्छ।
  • आकासको अवस्था: पहाडी क्षेत्रमा पूर्ण बदली रहनेछ भने तराईमा आंशिक बादल लाग्नेछ।

रातिको मौसम:
राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा मौसम सफा रहने छैन। केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

सतर्कता:
मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार