20.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

“भाउजू कतारमा, नन्द परीक्षा हलमा: सुनसरीमा एसइई दिने नक्कली परीक्षार्थी पक्राउ”

इनरुवा (सुनसरी), २४ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ की २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (SP) केशव थेबेका अनुसार खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरेर परीक्षा दिइरहेकी थिइन्। उनले पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आइतबार मात्र उनलाई प्रहरीले फेला पारेको हो।

वास्तविक परीक्षार्थी सलमा अजहर भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत छिन्। उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको बुझिएको छ।

नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएको र सोहीअनुसार खातुनलाई कानुनी कारबाही गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार