ताप्लेजुङ, २७ चैत ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ताप्लेजुङका विभिन्न गाउँपालिका र बजार केन्द्रहरूमा एकैसाथ सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।
मिति २०८२ चैत २७ गते प्रहरी चौकी सिवा, साब्लाखु, खेवाङ, निगुरादिन तथा अस्थायी प्रहरी चौकी ढुङ्गेसाँघु र खोक्लिङको संयुक्त आयोजनामा जिल्लाका ६ वटा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरिएको हो।
कार्यक्रम गरिएका स्थानहरू:
- फक्ताङलुङ गाउँपालिका-३, सिवा बजार
- सिदिङ्वा गाउँपालिका-४, साब्लाखु
- सिरीजङ्घा गाउँपालिका-७, सागादिन
- आठराई त्रिवेणी गाउँपालिका-१, केच्छाङ चोक
- मैवाखोला गाउँपालिका-२, तेम्बे
- मिक्वाखोला गाउँपालिका-१, खत्री टोल
उक्त कार्यक्रमहरूमा स्थानीय बासिन्दा, बुद्धिजीवी, भद्रभलादमी, विद्यार्थी तथा शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रहरी टोलीले समाजमा विद्यमान घरेलु हिंसा, छुवाछुत तथा भेदभाव रोकथामका उपायहरूबारे जानकारी गराएको थियो।
साथै, युवा अवस्थामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी, सडक सुरक्षाका लागि ट्राफिक नियम र सम्भावित दैविक प्रकोपबाट बच्ने तथा पूर्वतयारी अपनाउने सम्बन्धमा समेत सहभागीहरूलाई सचेत गराइएको छ। समुदायमा अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्य आवश्यक रहेको कुरामा कार्यक्रमले जोड दिएको छ।



