23.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

नक्कली नोटसहित चार जना प्रहरीको फन्दामा

रुपन्देही, ३ वैशाख । रुपन्देही प्रहरीले २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ। भैरहवा र सैनामैना क्षेत्रबाट विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा विष्णु श्रेष्ठ, मुक्तिप्रसाद खनाल, रोलबहादुर श्रेष्ठ र दीपेन्द्र थापा रहेका छन्। नक्कली नोटको अवैध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रु १,००० दरका २१ थान नक्कली नोटसहित समातेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो। घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार