धनुषा, ४ वैशाख | धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाईनरीमा मंगलबार भीषण आगलागी भएको छ। वैशाख ४ गते भएको उक्त आगलागीलाई सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।
आगो नियन्त्रणमा सेनाको सक्रियता:
आगलागीको सूचना पाउने बित्तिकै विष्णुदल गणबाट खटिएको नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय पालिकाका दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगोलाई थप फैलिन नदिई पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।
क्षतिको विवरण:
रिफाईनरीका प्रबन्धक सञ्जय गुप्ताका अनुसार आगलागीबाट उद्योगमा रहेका स्टिम र थर्मोफ्युल मेसिन लगायतका महत्वपूर्ण उपकरणहरूमा क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
कारण र अनुसन्धान:
आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ। समयमै सुरक्षा निकाय पुगेका कारण रिफाईनरीका अन्य संवेनदशील क्षेत्रमा आगो फैलिन नपाएको र ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।



