30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

पोखराको तालचोकबाट विदेशी मुद्रा र ६७ हजार नगदसहित ९ जना पक्राउ

पोखरा, ४ वैशाख | जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. २७ स्थित तालचोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

घटनाको विवरण:
इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको विशेष टोलीले हिजो (वैशाख ३ गते) अपराह्न ४:४५ बजे तालचोकस्थित हिमालीटोलमा छापा मारेको थियो। जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले त्यहाँ पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बरामद सामग्री:
प्रहरीले जुवाको खालबाट स्वदेशी तथा विदेशी मुद्रा सहित निम्न सामग्री बरामद गरेको छ:

  • नेपाली रुपैयाँ: ६७,५६०/- (सर्सठ्ठी हजार पाँच सय साठ्ठी मात्र)
  • अमेरिकी डलर: ११२/- (एक सय बाह्र मात्र)
  • अस्ट्रेलियाली डलर: २४०/- (दुई सय चालिस मात्र)
  • तास: ४ बुक

कानुनी कारबाही:
पक्राउ परेकाहरूलाई ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी उनीहरूमाथि थप कानुनी प्रक्रिया सुरु गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार