30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

गोकर्णेश्वरको खाजाघरमा विद्युत् सर्ट भई आगलागी, सेनाको सक्रियतामा नियन्त्रण

काठमाडौँ, ५ वैशाख ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ स्थित एक खाजाघरमा आज विद्युत् सर्ट भई आगलागी भएको छ।

आगलागीको जानकारी पाएलगत्तै नम्बर १ विपद् व्यवस्थापन गण बाट दमकलसहित खटिएको सैनिक टोलीले आगो नियन्त्रणमा लिएको हो। नेपाली सेना, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगोलाई थप फैलिन नदिई पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

विद्युत् सर्ट भएर सुरु भएको आगोले खाजाघरमा रहेका सरसामानमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको बताइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार