धरानको एक क्याफेबाट अनलाइन जुवा ‘1xBet’ खेल्ने र खेलाउने १० जना पक्राउ

१५ वैशाख, धरान । सुनसरीको धरानमा प्रतिबन्धित अनलाइन जुवा ‘वन एक्स बेट’ (1xBet) खेल्ने र खेलाउने कार्यमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, धरान उप-महानगरपालिका वडा नं. १३ लक्ष्मी सडकमा रहेको ‘मण्डला क्याफे’मा अनलाइन जुवा भइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘PIT’ टोलीले संयुक्त रूपमा छापा मारेको थियो ।

प्रहरीले जुवा खेलाउन प्रयोग गरिएका विभिन्न कम्पनीका १५ थान मोबाइल सेटसमेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूको विवरण:
पक्राउ पर्नेहरूमा धरान-१३ बस्ने ४६ वर्षीय हेमन राई, सोही वडाका योगेश लिम्बु, मिलन लिम्बु, सुशान्त घिमिरे, कुमार तामाङ र विवेक थापा रहेका छन् । त्यसैगरी धरान-१ का सुजित साह, धरान-१६ का अशोक लिम्बु, धरान-१५ की भवानी दाहाल र धरान-१७ का प्रज्वल राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालमा अनलाइन सट्टेबाजी र जुवाजन्य एपहरूको प्रयोग गैरकानूनी मानिन्छ । प्रहरीले पछिल्लो समय यस्ता अवैध गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार