चन्द्रगढीमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया: समाजमा हुने अपराध नियन्त्रणमा जोड

१५ वैशाख, झापा । झापाको भद्रपुर नगरपालिका-१० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजनामा समाजमा घट्ने विभिन्न घटना तथा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ। ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत शनिबार सो कार्यक्रम आयोजना गरिएको हो।

सामुदायिक सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गा प्रसाद पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (SP) बशुन्धरा खड्का प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी खड्काले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनीकरणका लागि समुदाय र प्रहरी बीचको सहकार्य अनिवार्य रहेको बताउनुभयो। उहाँले समाजमा घट्ने विभिन्न घटनाहरूबारे सजग रहन र त्यस्ता गतिविधिबारे तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो।

अन्तरक्रियामा भद्रपुर नगरपालिका वडा नं. ७, ८ र १० का वडा अध्यक्षहरू, वडा सदस्यहरू, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दाक्षेकी शेर्पा, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

करिब ४० जनाको उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय स्तरमा हुने आपराधिक क्रियाकलाप, लागूऔषध दुर्व्यसन, र सामाजिक सुरक्षाका चुनौतीहरूका विषयमा घनिभूत छलफल भएको थियो। सहभगीहरूले प्रहरी र समुदाय मिलेर अघि बढ्दा मात्रै सभ्य र सुरक्षित समाज निर्माण हुन सक्ने धारणा राखेका थिए।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार