मेची राजमार्ग वैशाख १८ देखि २५ गतेसम्म दैनिक साढे ७ घण्टा बन्द हुने (सूचनासहित)

१६ वैशाख, इलाम । मेची राजमार्गको विभिन्न खण्डमा मर्मत तथा पहिरो नियन्त्रणको कार्य गर्नुपर्ने भएकाले आगामी वैशाख १८ गतेदेखि २५ गतेसम्म सडक आंशिक रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै राजमार्गको राजदुवालीस्थित पुरानो स्टिल ट्रस पुल मर्मत, राजदुवाली खण्डको पहिरो नियन्त्रण र रोङ गाउँपालिकास्थित बाघखोर सडक खण्डमा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको जनाएको हो।

बन्द हुने समय:
सूचना अनुसार वैशाख १८ गतेदेखि वैशाख २५ गतेसम्म हरेक दिन बिहान ९:३० बजेदेखि बेलुका ५:०० बजेसम्म उल्लेखित खण्डहरूमा यातायात पूर्ण रूपमा बन्द रहनेछ। मेसिनरी उपकरणहरू प्रयोग गरी काम गर्दा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

वैकल्पिक मार्गको व्यवस्था:
सडक बन्द भएको समयमा यात्री तथा सवारी साधनहरूले निम्न वैकल्पिक मार्गहरू प्रयोग गर्न सक्नेछन्:

१. राजदुवाली खण्डको लागि: मेची कोरिडोर (गोलाखर्क–बेलासे) वा सिमलटार–तिल्केनी सडक।
२. बाघखोर खण्डको लागि: साना सवारी साधनले हाँसपोखरी–हापेन चोक सडक प्रयोग गर्न सक्ने।

सडक डिभिजन कार्यालय इलामको अनुरोध र जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णय बमोजिम यो सूचना जारी गरिएको हो। यात्रामा निस्कनुअघि समय र वैकल्पिक मार्गको ख्याल गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार