सगरमाथा आधार शिविरमा ट्रेकिङ पर्यटकलाई ‘ओभरनाइट स्टे’ गराए कारबाही गरिने : पर्यटन विभाग

काठमाडौँ, वैशाख १६ | पर्यटन विभागले सगरमाथा आधार शिविर (EBC) मा रहेका एक्सपेडिसन क्याम्पहरूमा ट्रेकिङ पर्यटकहरूलाई रातको बास (ओभरनाइट स्टे) गराउने कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

विभागले बुधबार एक पत्र जारी गर्दै केही ट्रेकिङ एजेन्सीहरूले सगरमाथा आधार शिविरमा ओभरनाइट स्टे प्याकेजसहित विज्ञापन गरी पर्यटक लैजाने गरेको गुनासो प्राप्त भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

के छ कानुनी प्रावधान?
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को दफा ९(ड२) बमोजिम आधार शिविरमा निम्न व्यक्तिहरूलाई मात्र बस्ने अनुमति छ:

  • पर्वतारोही दलका सदस्यहरू
  • सरदार र पर्वतीय पथप्रदर्शक (गाइड)
  • उचाइमा जाने कामदार र आधार शिविरका कामदारहरू
  • स्थानीय कामदारहरू

यी बाहेक विभागको पूर्वस्वीकृति नभएका अन्य कुनै पनि व्यक्ति वा ट्रेकिङ पर्यटकलाई आधार शिविरमा राख्न नपाइने कानुनी व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

उल्लंघन गरे कारबाही हुने चेतावनी
विभागका शाखा अधिकृत प्रकाश पोखरेलद्वारा हस्ताक्षरित पत्रमा सबै सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीहरूलाई यो नियम कडाइका साथ पालना गर्न/गराउन अनुरोध गरिएको छ। यदि कसैले यो कानुनी व्यवस्था विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।

यस वर्षको वसन्तकालीन पर्वतारोहण सिजनमा भीडभाड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै विभागले आधार शिविरमै अस्थायी फिल्ड कार्यालय समेत स्थापना गरी अनुगमन गरिरहेको छ|

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार