कोशी, बागमती र गण्डकी सहित धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, २९ वैशाख । आज २०८३ वैशाख २९ गते मंगलबार देशभरको मौसममा बदली रही धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोको मौसम:
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेश प्रदेशका थोरै स्थानहरू र बाँकी तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।

रातीको मौसम:
मौसम विभागका अनुसार आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षा र चट्याङ्गको सम्भावना रहेकाले यात्रा गर्दा वा खेतबारीको काम गर्दा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार