झापा र मोरङबाट ब्राउन सुगरसहित चार जना पक्राउ

विराटनगर, ११ जेठ । झापा र मोरङका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १० गते गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

काँकरभिट्टाबाट दुई जना पक्राउ
भारतबाट नेपालतर्फ आउँदै गरेका काठमाडौँ महानगरपालिका–२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय सुशील मानन्धर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले उनीहरूलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

दमक र विराटनगरमा पनि एक्सन
यस्तै, इलाका प्रहरी कार्यालय दमकको टोलीले झापाको दमक नगरपालिका–५ का २३ वर्षीय तुलसी माझीलाई ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ बाट धरान–१७ का २४ वर्षीय ज्ञानेश खड्का ५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चारै जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार