दाङको राजपुरमा निःशुल्क स्वास्थ्य शिविर: ५ सय बढी स्थानीय लाभान्वित

दाङ, जेठ १२ । नेपाली सेनाको ज्वालादल गणको आयोजनामा दाङको राजपुर गाउँपालिका वडा नं. २ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविर नं. १९ फि.ए. गुल्म, स्थानीय पालिका तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको हो। विकट क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त शिविरबाट करिब ५ सय जना स्थानीय बासिन्दाहरूले प्रत्यक्ष लाभ लिएका छन्। शिविरमा आएका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शसँगै औषधि समेत वितरण गरिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार