आजदेखि तेस्रो NPL: पहिलो पटक DRS, विजेताले पाउनेछ १ करोड ५० लाख

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यस संस्करणमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यताका कारण प्रतियोगिताका खेलाडीको प्रदर्शनले आधिकारिक टी–२० तथ्याङ्कमा स्थान पाउनेछ। प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्।

यस पटकको एनपिएलको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगितामा डिआरएस प्रयोग हुँदा अम्पायरका केही निर्णय प्रविधिबाट पुनरावलोकन गर्न सकिनेछ। प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। आयोजकले प्रायोजन, टिकट बिक्री र प्रसारणबाट हुने आम्दानीसहित प्रतियोगिताको कुल आर्थिक कारोबार करिब १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ।

डिआरएस र आइसिसीको आधिकारिक मान्यताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धा गर्ने अवसर दिनुका साथै एनपिएलको व्यावसायिक महत्त्व बढाउने अपेक्षा गरिएको छ। विदेशी स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिताप्रति दर्शकको चासो बढाउनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार