28.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम हुदै

काठमाण्डौll आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम भइरहेको छ ।

केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ ।

शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण शुरू गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

शिक्षामन्त्री सस्मित पोखरेलले हिजो भक्तपुरमा रहेको केन्द्रको कार्यालय र प्रेस अवलोकनका गर्नुभएको थियो ।

त्यस क्रममा केन्द्रको उत्पादन र प्रगतिबारे जानकारी गराउँदै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त भएको थियो । 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार