23.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

कास्कीमा ५ जना फरार प्रतिवादी पक्राउ: जरिवाना असुल गरी अदालत बुझाइयो

पोखरा, ३ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। कास्की जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला भई भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ४ जना पुरुष र १ जना महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिनुभयो।

चेक अनादर मुद्दाका प्रतिवादी
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जना ‘चेक अनादर’ (Check Dishonor) मुद्दाका प्रतिवादीहरू हुन्। उनीहरूबाट कुल रु १४,००० (चौध हजार रुपैयाँ) जरिवाना असुल उपर हुने गरी आवश्यक कारबाहीका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

फरार अपराधी धरपकड अभियान अन्तर्गत प्रहरीले जिल्लामा सक्रियता बढाएसँगै विभिन्न मुद्दाका प्रतिवादीहरू पक्राउ पर्ने क्रम जारी छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार