काठमाडौँ, २३ वैशाख । आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ।
दिउँसोको मौसम:
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराईका बाँकी क्षेत्रमा भने मौसम आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातीको मौसम:
आज राती पनि कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मेघगर्जन, चट्याङ्ग र वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



