भैरहवाको रोयल कलिङ्गा क्यासिनोमा प्रहरीको छापा: क्यासिनो म्यानेजरसहित १९ जना पक्राउ

भैरहवा, २३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० स्थित ‘रोयल कलिङ्गा क्यासिनो’ (Royal Kalinga Casino) मा अवैध रूपमा जुवा खेलिरहेका नेपाली नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार राती उक्त क्यासिनोमा आकस्मिक छापा मारेको हो।

पक्राउ पर्नेहरूमा जुवा खेलाउन संलग्न ४ जना क्यासिनो म्यानेजर र जुवा खेलिरहेका १५ जना नेपाली नागरिक गरी जम्मा १९ जना रहेका छन्। नेपालको कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश र जुवा खेल्न निषेध गरिएको छ।

पक्राउ परेका व्यक्तिहरू:
प्रहरीका अनुसार जुवा खेलाउने कार्यमा संलग्न सिद्धार्थनगरका अभय कुमार गुप्ता, सुशान्त अधिकारी, सञ्जय शाक्य र ओमसतियाका निक्षेन्द नेपाल रहेका छन्। यस्तै, जुवा खेल्दै गरेको अवस्थामा काठमाडौँ, रुपन्देही, गुल्मी, ललितपुर र पर्साका विभिन्न स्थानका व्यक्तिहरू पक्राउ परेका छन्।

बरामद सामानहरू:
प्रहरीले घटनास्थलबाट नगद ९५,५००/- रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट र ५० थान क्यासिनो कोइन (Casino Coin) समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार