काठमाडौँ, २६ वैशाख । नेपाल क्रिकेट संघ (CAN) ले आगामी मे १२ देखि २२ (वैशाख २९ – जेठ ८) सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने ‘आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२’ (CWCL2) का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उप-कप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा अनुभवी खेलाडी विनोद भण्डारी र लेग स्पिनर सन्दीप लामिछानेले पुनरागमन गरेका छन्।
यस्तो छ नेपाली टोली:
१. रोहित पौडेल (कप्तान)
२. दीपेन्द्र सिंह ऐरी (उप-कप्तान)
३. कुशल भुर्तेल
४. आसिफ शेख
५. भीम सार्की
६. आरिफ शेख
७. ईशाल पाण्डे
८. गुलशन झा
९. सोमपाल कामी
१०. सन्दीप लामिछाने
११. ललित राजवंशी
१२. विनोद भण्डारी
१३. नन्दन यादव
१४. अर्जुन कुमाल
१५. करण केसी
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार यो प्रतियोगिता घरेलु मैदानमा आयोजना हुन लागेकाले नेपाली टोली निकै उत्साहका साथ मैदान उत्रने तयारीमा छ।
