झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ५ जना पक्राउ

विराटनगर, ३० वैशाख । पूर्वी नेपालका तीन जिल्लाहरू झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र अवैध औषधिसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरीका विभिन्न टोलीहरूले वैशाख २९ गते उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेका हुन्।

झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले दमक-५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यसैगरी, इलाका प्रहरी कार्यालय दमकले दमक-७ बाट पथरी शनिश्चरे-१ का दिपन लिम्बुलाई ३०० क्याप्सुल ट्रामाडोल र ३०० ट्याब्लेट डिक्लोमाईन नामक प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरी उप-महानगरपालिका-१८ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले सोही स्थान बस्ने सितल चौधरी र उनका छोरा सुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको छ। यस्तै, मोरङको कानेपोखरी गाउँपालिका-६ बाट स्थानीय विष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी रमाइलोले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाँचै जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार