राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको SEE (पूरक) परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ, ३१ वैशाख राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) पूरक (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ।

बोर्डको मिति २०८३/०१/२८ गते बसेको बैठकको निर्णयानुसार उक्त परीक्षा आगामी असार महिनामा सञ्चालन हुने गरी कार्यतालिका तय गरिएको हो। परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।

विस्तृत परीक्षा तालिका:

  • असार १ गते (सोमबार): अनिवार्य अङ्ग्रेजी (१०११) / संस्कृत तर्फ अनिवार्य संस्कृत रचना / मदरसातर्फ अनिवार्य अरेबिक भाषा।
  • असार २ गते (मङ्गलबार): अनिवार्य नेपाली (१०२१) / गैर नेपाली विद्यार्थीका लागि अतिरिक्त अङ्ग्रेजी (१०६१)।
  • असार ३ गते (बुधबार): अनिवार्य गणित (१०३१)।
  • असार ४ गते (बिहीबार): अनिवार्य विज्ञान तथा प्रविधि (१०४१) / संस्कृततर्फ वेद/नीतिशास्त्र / मदरसातर्फ अनिवार्य सिरत र इस्लामी।
  • असार ५ गते (शुक्रबार): अनिवार्य सामाजिक अध्ययन (१०५१) / प्राविधिकधार तर्फ ऐच्छिक गणित / संस्कृततर्फ संस्कृत भाषा व्याकरण।
  • असार ६ गते (शनिबार): साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथम पत्रका सबै विषयहरू / प्राविधिक धार (नयाँ पाठ्यक्रम) तर्फका विषयहरू (Animal Health, Industrial Agriculture, C++, Electrical Machine आदि)।
  • असार ७ गते (आइतबार): साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीय पत्रका सबै विषयहरू / प्राविधिक धारतर्फ Dairy Product Technology, Crop Production, Electronics Repair आदि।
  • असार ८ गते (सोमबार): प्राविधिक धारतर्फ Veterinary Laboratory Technology, Horticulture, DBMS, Engineering Surveying आदि।
  • असार ९ गते (मङ्गलबार): प्राविधिक धारतर्फ Aquaculture, Floriculture, Digital Design, Music, Dance आदि।

परीक्षार्थीका लागि मुख्य नियम तथा निर्देशनहरू:

  • योग्यता: २०८२ सालको मूल परीक्षामा नियमित समूहबाट सम्मिलित भई ‘Not-Graded’ (NG) भएका परीक्षार्थीहरू मात्र यस परीक्षामा सहभागी हुन पाउनेछन्।
  • आकस्मिक बिदा: कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्डको पूर्व सूचना बिना परीक्षा स्थगित हुने छैन।
  • प्रवेश पत्र: परीक्षा हलमा प्रवेश गर्नका लागि पुरानै प्रवेश पत्र अनिवार्य हुनुपर्नेछ।
  • परीक्षा केन्द्र: तोकिएको परीक्षा केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन। केन्द्र परिवर्तन गर्न पाइने छैन।
  • निषेधित वस्तु: परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी, ब्लुटुथ जस्ता विद्युतीय उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ।
  • थप जानकारी: परीक्षा सम्बन्धी विस्तृत विवरणका लागि बोर्डको आधिकारिक वेबसाइटहरू www.neb.gov.np वा see.gov.np मा हेर्न सकिनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार