SEE २०८२ को नतिजामा ‘Abs’ देखिएका वा नतिजा नखुलेका विद्यार्थीका लागि पनिकाको जरुरी सूचना (कागजातको सूचीसहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा अनुपस्थित (Abs) देखिएका वा नतिजा नखुलेका विद्यार्थीहरूका लागि आवश्यक प्रक्रिया सार्वजनिक गरेको छ।

परीक्षामा सहभागी भएर पनि ग्रेडसिट प्रिन्ट गर्दा अनुपस्थित देखिएका विद्यार्थीहरूको नतिजा खुलाउन कार्यालयले निवेदन सहित आवश्यक विवरणहरू माग गरेको हो। उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार विद्यार्थी वा अभिभावक स्वयं कार्यालयमा उपस्थित हुनु पर्ने छैन।

सम्बन्धित विद्यालय, शिक्षा विकास तथा समन्वय एकाइ वा परीक्षा केन्द्रमार्फत संस्थागत रूपमा आवश्यक प्रमाणहरू परीक्षा नियन्त्रण कार्यालयको इमेल seegrade10@gmail.com मा पठाउनु पर्नेछ। आवश्यक प्रक्रिया पूरा भएको ३ देखि ४ दिनभित्र नतिजा खुलाइने कार्यालयले जनाएको छ।

नतिजा खुलाउनका लागि निम्न ५/६ वटा विवरणहरू खुल्ने निवेदन र कागजात आवश्यक पर्नेछ:

  • केन्द्र विवरण: परीक्षा दिएको परीक्षा केन्द्रको नाम, ठेगाना र केन्द्र कोड नम्बर।
  • विषय विवरण: परीक्षा दिएको तर Abs देखिएको वा नतिजा नखुलेको विषयको नाम र विषय कोड।
  • प्रवेशपत्र: विद्यार्थीको सिम्बोल नम्बर स्पष्ट देखिने प्रवेशपत्रको फोटोकपी।
  • उपस्थिति प्रमाण: परीक्षा दिएको प्रमाण खुल्ने उपस्थितिपत्रको फोटोकपी वा केन्द्राध्यक्षको सिफारिस वा अन्य प्रमाण।
  • ग्रेडसिट: प्रिन्ट गरिएको ग्रेडसिटको फोटोकपी।
  • सिफारिस पत्र: विद्यालय वा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइको सिफारिस पत्र।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार