झापाको अर्जुनधारा नगरपालिकाले ‘साना सिँचाई कार्यक्रम’ का लागि कृषकहरूको अन्तिम छनौट सूची प्रकाशन गरेको छ। नगर कार्यपालिकाको कार्यालय (कृषि विकास शाखा) ले एक सूचना जारी गर्दै छनौट प्रक्रिया सम्पन्न भएको जनाएको हो।
नगरपालिकाले गत वैशाख २१ गते प्रकाशन गरेको “साना सिँचाई कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना” अनुसार प्राप्त आवेदन र आवश्यक कागजातहरूको मूल्याङ्कन गरी योग्य कृषकहरू छनौट गरेको हो।
यी हुन् छनौट भएका कृषकहरू र उनीहरूको ठेगाना:
१. जिवन खत्री – अर्जुनधारा ७
२. अर्जुन कुमार महतारा – अर्जुनधारा १०
३. लिला दाहाल – अर्जुनधारा ९
४. नारायण गौतम – अर्जुनधारा ९
५. नानुका घिमिरे – अर्जुनधारा ३
६. द्रोण प्रसाद ढुंगेल – अर्जुनधारा १०
७. राजेन्द्र काफ्ले – अर्जुनधारा ४
८. टेक बहादुर चौहान – अर्जुनधारा २
९. केशरा भण्डारी – अर्जुनधारा ५
१०. मचिन्द्र योङहाङ – अर्जुनधारा ८
११. इन्द्रमणी न्यौपाने – अर्जुनधारा ३
१२. गोमा बराल – अर्जुनधारा १०
१३. कुमार श्रेष्ठ – अर्जुनधारा २
१४. खेमनाथ थापा – अर्जुनधारा ८
१५. चन्द्र बहादुर निरौला – अर्जुनधारा ६
५ दिनभित्र सम्झौता गर्न निर्देशन
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचना अनुसार छनौट भएका कृषकहरूलाई सूचना प्रकाशित भएको मिति (२०८३ जेठ ८ गते) ले ५ (पाँच) दिनभित्र कृषि विकास शाखामा सम्झौता गर्न आउन अनुरोध गरिएको छ। तोकिएको समयभित्र सम्झौता गर्न नआएमा उक्त छनौट स्वतः रद्द हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ।



