20.1 C
Kathmandu
Monday, June 1, 2026
spot_img

मोरङमा ‘लागु औषध विरुद्ध मेगा अभियान’ अन्तर्गत टिकटक भिडियो प्रतियोगिता: प्रथम हुनेलाई ५० हजार पुरस्कार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध विरुद्ध सचेतना फैलाउने उद्देश्यले राष्ट्रव्यापी टिकटक (TikTok) भिडियो प्रतियोगिताको आयोजना गरेको छ । प्रहरीले सुरु गरेको ‘लागु औषध विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN), २०८३’ अन्तर्गत यो प्रतियोगिता सञ्चालन गरिएको हो ।


‘थिम’ र भिडियोको मापदण्ड

प्रतियोगितामा सहभागी हुन इच्छुक नागरिकले “लागु औषध विरुद्ध सबै एकजुट बनौँ” भन्ने मुख्य विषयवस्तु (Theme) मा आधारित भिडियो बनाउनुपर्नेछ । भिडियोमा लागु औषध विरुद्ध सकारात्मक सन्देश प्रवाह भएको र चेतनामूलक हुनुपर्ने प्रहरीले जनाएको छ । भिडियोको अवधि बढीमा ६० सेकेन्ड (१ मिनेट) सम्मको हुनुपर्नेछ ।

नगद पुरस्कारको व्यवस्था

सहभागी भिडियोहरू मध्येबाट उत्कृष्ट भिडियोहरू छनोट गरी नगद पुरस्कारको व्यवस्था गरिएको छ:

  • प्रथम पुरस्कार: रु. ५०,०००/- (पचास हजार रुपैयाँ)
  • दोस्रो पुरस्कार: रु. ४०,०००/- (चालीस हजार रुपैयाँ)
  • तेस्रो पुरस्कार: रु. ३०,०००/- (तीस हजार रुपैयाँ)
  • चौथो पुरस्कार: रु. २०,०००/- (बीस हजार रुपैयाँ)
  • पाँचौँ पुरस्कार: रु. १०,०००/- (दश हजार रुपैयाँ)
  • अन्य: उत्कृष्ट ठहरिने अन्य टिकटक भिडियोहरूलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

सहभागिता र भिडियो पठाउने तरिका

तयार पारिएको टिकटक भिडियोलाई आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिङ्क आगामी २०८३ जेठ ३१ गतेभित्र जिल्ला प्रहरी कार्यालय, मोरङमा पठाइसक्नुपर्नेछ ।

  • इमेल ठेगाना: morang@nepalpolice.gov.np
  • व्हाट्सएप (WhatsApp) नम्बर: ९८५२०३७९०२

मुख्य सर्तहरू

  • अमर्यादित, नकारात्मक सन्देश दिने र कानुन विपरीतका भिडियोहरू छनोट हुने छैनन् ।
  • एउटा टिकटक ‘User ID’ बाट एउटा मात्र भिडियो पठाउन पाइनेछ ।
  • कपिराइट (Copyright) भएका, चोरी गरिएका, एडिट गरिएका वा AI Generated (कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित) टिकटक भिडियोहरूलाई मान्यता दिइने छैन ।
  • भिडियो छनोट गर्ने सम्पूर्ण अधिकार जिल्ला प्रहरी कार्यालय मोरङद्वारा गठित छनोट समितिलाई मात्र हुनेछ ।

थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्र.ना.उ. लिलाराज लामिछानेलाई मो.नं. ९८५२०३९३०० मा सम्पर्क गर्न सकिने प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार