रुबीभ्यालीमा भीरबाट खसेका साइक्लिस्टको नेपाली सेनाद्वारा उद्धार

धादिङ, ११ जेठ । धादिङको रुबीभ्यालीमा साइक्लिङ गर्ने क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

काठमाडौंको कपन निवासी ती पुरुष जेठ १० गते रुबीभ्याली गाउँपालिका-३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्दा दुर्घटनामा परेका थिए। उनी साइकलसहित करिब २०० मिटर तल खसेर अप्ठ्यारो खोचमा अड्किएका थिए।

घटनाको जानकारी पाउनासाथ भैरव गण (बोराङ्ग) बाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी र स्थानीयवासीसँगको सहकार्यमा उनको उद्धार गरेको हो। सेनाको टोलीले घाइतेलाई भीरबाट निकालेर तत्काल प्राथमिक उपचार गरेको थियो।

भौगोलिक विकटताका कारण उद्धार टोलीले उनलाई दुर्घटनास्थलबाट करिब ७ किलोमिटर बाटो स्ट्रेचरमा बोकेर हेलिप्याडसम्म ल्याएको थियो। त्यसपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको सेनाले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार