20.1 C
Kathmandu
Monday, June 1, 2026
spot_img

आज कोशी, बागमती र गण्डकी लगायतका क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा ‘तातो दिन’

काठमाडौँ, १४ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा अत्यधिक गर्मी (तातो दिन) हुने देखिएको छ।

दिउँसोको मौसम
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। तराईका भू-भागमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने आज तातो दिन (हिट वेभ) हुने सम्भावना छ।

रातीको मौसम
राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

यस्तै राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भाग र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार