झापाको गौरादहमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

गौरादह, १४ जेठ । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसले किच्दा एक जना ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सजग एकता बोर्डिङ स्कुलमा अध्ययनरत बालक आरोग्य चिमरिया रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो विद्यालय छुट्टी भएपछि विद्यार्थी ओसार्ने क्रममा सोही विद्यालयको को १ ख ६९४० नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । गुडिरहेको बसबाट ओर्लने क्रममा सन्तुलन गुम्दा बालक बसको पाङ्ग्रा मुनि परेका थिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गौरादह र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले बस र ५७ वर्षीय चालक लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

विद्यालय र चालकको लापरबाहीका कारण कलिला बालबालिकाले ज्यान गुमाउनु परेको भन्दै स्थानीयबासी र अभिभावकहरूले स्कुल बसहरूको सुरक्षा व्यवस्थाप्रति गम्भीर आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार