25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

९० प्रतिशत मतदानस्थल सार्वजनिक विद्यालय

प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदै छ। उम्मेदवारहरू मतपरिणाम हात पार्न घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त छन्। निर्वाचनसम्बन्धी सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले ७७ जिल्लामै निर्वाचनसम्बन्धी तयारी पूरा भइसकेको जनाइन् । उनका अनुसार एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाताका लागि १० हजार नौ सय ६७ मतदानस्थल, मतदान केन्द्र २३ हजार एक सय १२ र अस्थायी केन्द्र एक सय ४३ तोकिएको छ। यसमध्ये ९० प्रतिशत मतदानस्थल सार्वजनिक विद्यालय छन्।

मतदान हुने विद्यालयहरूको यकिन तथ्यांक नभए पनि सबैलाई पायक र सहजै मतदान गर्नका लागि सार्वजनिक विद्यालय नै उपयुक्त भएको आयोगकी सहायक प्रवक्ताको भनाइ छ। ‘सार्वजनिक विद्यालय सबै ठाउँमा सजिलै पहुँच हुन्छ। खुला ठाउँ र निर्वाचन कर्मचारीको सामान भण्डारण, पानी, बिजुली, शौचालय आदिको उचित प्रबन्ध भएकाले विद्यालयलाई मतदान स्थल बनाइएको हो’, उनले भनिन्, ‘यति मात्र होइन विद्यालयमा मतदानस्थल कायम गर्दा वास्तविक मतदाता  चिन्न पनि सहज हुन्छ।’

सहायक प्रवक्ताका अनुसार काठमाडौंको हकमा ३२० मतदान स्थलमध्ये करिब ९० प्रतिशत विद्यालयमै राखिएका छन्। आफ्नो मतदान केन्द्रभन्दा बाहिर रहेका मतदाताका लागि यसपटक १४३ अस्थायी मतदान केन्द्र पनि कायम गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारी र जेलका थुनुवाका लागि यी अस्थायी मतदान केन्द्र कायम गरिएको हो।

फागनु २२ गते साँझसम्म मतदानस्थल सफा गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने उनको भनाइ छ। ‘फागनु २३ देखि विद्यालय सञ्चालन हुन्छ’, उनले भनिन्, ‘यसका लागि सबै विद्यालय निर्वाचनस्थल सफा गरी पठनपाठनको वातावरण बनाइन्छ।’ आयोगका अनुसार कलेज, तथा सरकारी भवनलाई पनि निर्वाचनस्थल बनाइएको छ।Nagarik

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार