20.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

उर्लाबारीबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ

उर्लाबारी (मोरङ), २१ चैत । मोरङको उर्लाबारीबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध र औषधि सहित दुई जनालाई पक्राउ गरेको छ।

गएकाे चैत २० गते दिउँसो अन्दाजी १:०० बजेको समयमा उर्लाबारी नगरपालिका वडा नं. ०३ स्थित केर्खाली चोकबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

को-को परे पक्राउ?

स्थानीय ललिता तामाङको घरमा कोठा भाडामा लिई बस्दै आएका मोरङकै पथरी शनिश्चरे नगरपालिका वडा नं. ०४ निवासी दुई व्यक्ति पक्राउ परेका हुन्:
१. योगेन्द्र तुङहाङ (४३ वर्ष)
२. कमल दाहाल (४४ वर्ष)

के-के भयो बरामद?

कोठामा अवैध लागूऔषध लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा हरियो रंगको टिनको बाकसभित्र लुकाएको अवस्थामा निम्न वस्तुहरू बरामद गरेको छ:

  • खैरो हिरोइन जस्तो देखिने पदार्थ: ७ ग्राम ८९० मिलिग्राम
  • प्रतिबन्धित औषधि: २६,०६५ क्यापसुल
  • गाँजा: २ केजी २३० ग्राम
  • डिजिटल तराजु: १ थान र प्लास्टिकको रबर २ पोका
  • स्कुटर: प्र.१-०२-५९ प १८५९ नम्बरको डिओ स्कुटर

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार