23.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

ताप्लेजुङमा प्रहरीद्वारा विभिन्न स्थानमा एकैसाथ सचेतनामुलक कार्यक्रम सम्पन्न

ताप्लेजुङ, २३ चैत ।
ताप्लेजुङका विभिन्न गाउँपालिकामा ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत आइतबार एकैसाथ सचेतनामुलक कार्यक्रमहरू सम्पन्न भएका छन् । जिल्लाका आधा दर्जनभन्दा बढी स्थानमा प्रहरी चौकीहरूले स्थानीय नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई भेला गराई समसामयिक सुरक्षा चुनौतीबारे सचेतना जगाएका हुन् ।

प्रहरी चौकी शिवा, याम्फुदिन, थुम्बेदिन, सावाँ, लिबाङ र अस्थायी प्रहरी चौकी फुलबारीको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमहरू फक्ताङलुङ गाउँपालिका-३ शिवा, सिरीजङ्घा गाउँपालिका-८ याम्फुदिन, पाथिभरा याङवरक गाउँपालिका-६ थुम्बेदिन, मिक्वाखोला गाउँपालिका-४ तेम्बा र वडा नं. ३ बाक्लो गाउँ तथा आठराई त्रिवेणी गाउँपालिका-२ डाँडागाउँमा सञ्चालन गरिएका थिए ।

सो अवसरमा प्रहरीले स्थानीय बासिन्दा, बुद्धिजीवी, भद्रभलाद्मी, शिक्षक तथा विद्यार्थीहरूलाई पछिल्लो समय समाजमा बढ्दै गएका अपराध र जोखिमका विषयमा जानकारी गराएको थियो । विशेषगरी घरेलु हिंसा, लागूऔषधको दुर्व्यसनी, बाल हिंसा, साइबर अपराध र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिइएको थियो । साथै, मनसुन र अन्य समयमा आइपर्ने दैवी प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र उच्च सतर्कताबारे समेत सहभागीहरूलाई सचेत गराइएको छ ।

प्रहरीले समुदायमा हुने यस्ता अपराध न्यूनीकरणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको भन्दै कुनै पनि अप्रिय घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार