उर्लाबारी (मोरङ), २१ चैत । मोरङको उर्लाबारीबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध र औषधि सहित दुई जनालाई पक्राउ गरेको छ।
गएकाे चैत २० गते दिउँसो अन्दाजी १:०० बजेको समयमा उर्लाबारी नगरपालिका वडा नं. ०३ स्थित केर्खाली चोकबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
को-को परे पक्राउ?
स्थानीय ललिता तामाङको घरमा कोठा भाडामा लिई बस्दै आएका मोरङकै पथरी शनिश्चरे नगरपालिका वडा नं. ०४ निवासी दुई व्यक्ति पक्राउ परेका हुन्:
१. योगेन्द्र तुङहाङ (४३ वर्ष)
२. कमल दाहाल (४४ वर्ष)
के-के भयो बरामद?
कोठामा अवैध लागूऔषध लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा हरियो रंगको टिनको बाकसभित्र लुकाएको अवस्थामा निम्न वस्तुहरू बरामद गरेको छ:
- खैरो हिरोइन जस्तो देखिने पदार्थ: ७ ग्राम ८९० मिलिग्राम
- प्रतिबन्धित औषधि: २६,०६५ क्यापसुल
- गाँजा: २ केजी २३० ग्राम
- डिजिटल तराजु: १ थान र प्लास्टिकको रबर २ पोका
- स्कुटर: प्र.१-०२-५९ प १८५९ नम्बरको डिओ स्कुटर
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



