20.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

सङ्खुवासभामा ट्याक्टर दुर्घटना: ११ वर्षीय बालकको मृत्यु, दुई जना गम्भीर घाइते

खाँदबारी (सङ्खुवासभा), २८ चैत । कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। गम्भीर घाइते भएका कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभयो।

दुर्घटनामा खाँदबारी–९ कै १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घाइते भएका छन्। उनीहरूको मनकामना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटना लगत्तै नेपाली सेनाको इन्द्र गुल्मको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार