ताप्लेजुङका पाँच स्थानमा प्रहरीद्वारा सचेतनामुलक कार्यक्रम सम्पन्न

ताप्लेजुङ, ३० चैत । ताप्लेजुङ जिल्लाका विभिन्न गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एकैसाथ सचेतनामुलक कार्यक्रमहरू सम्पन्न भएका छन्।

जिल्लाका विभिन्न प्रहरी चौकीहरूको आयोजनामा आज मिति २०८२ चैत ३० गते स्थानीय नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई लक्षित गरी सामाजिक विकृति विरुद्धका कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरी चौकी खेवाङको आयोजनामा सिरीजङ्घा गाउँपालिका-७ पिङडाँडामा, प्रहरी चौकी साब्लाखुको आयोजनामा सिदिङ्वा गाउँपालिका-४ साब्लाखुमा र प्रहरी चौकी सावाँको आयोजनामा मिक्वाखोला गाउँपालिका-४ थलङमा कार्यक्रम सम्पन्न भएको छ।

त्यसैगरी, प्रहरी चौकी लिबाङले मिक्वाखोला गाउँपालिका-३ लिबाङमा र अस्थायी प्रहरी चौकी फुलबारीले आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

ती कार्यक्रमहरूमा स्थानीय भद्रभलादमी, बुद्धिजिवी, शिक्षक तथा विद्यार्थीहरूको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा प्रहरी प्रतिनिधिहरूले समाजमा विद्यमान घरेलु हिंसा, लागु औषधको दुर्व्यसनी, बाल विवाह र महिला हिंसा जस्ता विषयमा जानकारी गराउँदै यस्ता अपराध न्यूनीकरणमा समुदायको भूमिकाबारे प्रशिक्षण दिएका थिए।

अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार