25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

ताप्लेजुङका पाँच स्थानमा प्रहरीद्वारा सचेतनामुलक कार्यक्रम सम्पन्न

ताप्लेजुङ, ३० चैत । ताप्लेजुङ जिल्लाका विभिन्न गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एकैसाथ सचेतनामुलक कार्यक्रमहरू सम्पन्न भएका छन्।

जिल्लाका विभिन्न प्रहरी चौकीहरूको आयोजनामा आज मिति २०८२ चैत ३० गते स्थानीय नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई लक्षित गरी सामाजिक विकृति विरुद्धका कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरी चौकी खेवाङको आयोजनामा सिरीजङ्घा गाउँपालिका-७ पिङडाँडामा, प्रहरी चौकी साब्लाखुको आयोजनामा सिदिङ्वा गाउँपालिका-४ साब्लाखुमा र प्रहरी चौकी सावाँको आयोजनामा मिक्वाखोला गाउँपालिका-४ थलङमा कार्यक्रम सम्पन्न भएको छ।

त्यसैगरी, प्रहरी चौकी लिबाङले मिक्वाखोला गाउँपालिका-३ लिबाङमा र अस्थायी प्रहरी चौकी फुलबारीले आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

ती कार्यक्रमहरूमा स्थानीय भद्रभलादमी, बुद्धिजिवी, शिक्षक तथा विद्यार्थीहरूको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा प्रहरी प्रतिनिधिहरूले समाजमा विद्यमान घरेलु हिंसालागु औषधको दुर्व्यसनी, बाल विवाह र महिला हिंसा जस्ता विषयमा जानकारी गराउँदै यस्ता अपराध न्यूनीकरणमा समुदायको भूमिकाबारे प्रशिक्षण दिएका थिए।

अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार